शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अरिंगालको टोकाईबाट १५ वर्षीय बालक घाइते

मंगलवार , आश्विन २१, २०८२

सिन्धुली,२१ असोज — सिन्धुलीको दुधौली नगरपालिका–१ गिचियानीका १५ वर्षीय सुरज कुमार मंगलबार बिहान अरिंगालको टोकाईबाट घाइते भएका छन् । मंगलवार बिहान करिब १० बजेतिर आफ्नै खेतमा लडेका धान उठाउने क्रममा नजिकको रुखमा रहेको करिब ३० देखि ४० वटा अरिंगाल एक्कासी टोक्दा उनको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोटपटक पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते कुमरलाई उद्धारपछि परिवारका सदस्यहरूले उनलाई नगर अस्पताल सिर्थौली पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था अहिले मध्यम रहेको र उहाँ अलिे बोल्न सक्ने अवस्थामा रहेका छन् ।

घटनापछि स्थानीयले खेतछेउका अरिंगालका गुँड हटाउन सरसफाइ अभियान थालेका छन् । गाउँमा बालबालिका तथा किसानहरूलाई खेतमा जाने बेलामा सतर्क रहन आग्रह गरिएको छ ।

उपचारमा रहेका सुरजका पिता सूर्य कुमरले छोरा बिस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँका अनुसार, “अरिंगालको गुँड खेतको रुखमा धेरै वर्षदेखि थियो, तर यति ठूलो आक्रमण पहिलोपटक भएको हो ।”

स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता घटनामा तुरुन्त उपचार र एन्टिहिस्टामिन वा एन्टिबायोटिक औषधि आवश्यक पर्छ । अरिंगालको टोकारीबाट एनाफिल्याक्सिसजस्ता जटिल अवस्था उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउन सल्लाह दिइएको छ ।

प्रतिक्रिया