शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको सुनकोशी नदीमा महिला शव फेला

सोमवार , आश्विन २०, २०८२

सिन्धुली,२० असोज – सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, करमबोट स्थित सुनकोशी नदी किनारमा सोमवार अपराह्न पहिचान नखुलेको महिला शव फेला परेको छ । स्थानीय वडाध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार, शव अन्दाजी ४०–४५ वर्षकी महिला व्यक्तिको घोप्टो परेको अवस्था र पानीमा घुमिरहेको अवस्थामा भेटिएको थियो ।

घटनास्थलमा तुरुन्तै प्रहरी चौकी ग्वालटारबाट टोली खटाइएको थियो । इ.प्र.का. खुर्कोटबाट प्र.नि. बसन्त बहादुर भुजेलको नेतृत्वमा अपराध स्थल परीक्षण टोली सहित ५ जनाको टोली, र शसस्त्र प्रहरी बिपद बेस खुर्कोटबाट श.प्र.नि. किरण नेपालको नेतृत्वमा ११ जनाको संयुक्त टोली घटनास्थल पुगेको थियो । प्रहरीले शवलाई पानीबाट सुरक्षित रूपमा बाहिर निकालेर प्रमाण संकलन प्रक्रिया सुरु गरेको छ ।

हालसम्म मृतकको नाम, ठेगाना वा अन्य पहिचान खुलेको छैन । प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ। स्थानीय प्रशासन र प्रहरी स्रोतका अनुसार, घटनास्थलको आसपासमा निगरानी बढाउने र जनतालाई सतर्क रहन सुझाव दिइएको छ ।

स्थानीयवासीहरूले भने, सुनकोशी नदी किनारमा यस्तो अप्रत्याशित घटना घट्नाले सुरक्षा र निगरानीमा सुधार आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया