शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्गमा ठूलो संकटः मंगलटारमा २० मिटर सडक कटान

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ,१८ असोज – बीपी राजमार्ग स्थित काभ्रेको मंगलटारमा नदीको बहावले करिब २० मिटर सडक कटान गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, मंगलटार खोलाले राजमार्गमा ठुलो क्षति पु¥याएको छ ।

त्यस्तै, रोशी गाउँपालिका वडा नम्बर–११ मा पर्ने माम्तिखोला र कालढुंगामा पहिरो खस्दा यातायात प्रभावित भएको छ। वडा नम्बर–७ स्थित घुमाउने क्षेत्रमा पनि रोशी नदीले सडक कटान गरेको र आवतजावतमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा पनि नदीको कटानले सडक अवरुद्ध भएपछि सवारी साधन सञ्चालन पूर्णरूपमा रोकिएको छ । यसैगरी, रोशी गाउँपालिकाका लास्कोट, चारसयबेसी र नार्के क्षेत्रमा लेदो र माटो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

स्थानीय बासिन्दा र यात्रुहरूलाई सवारी व्यवस्थापनमा सहयोग पु¥याउन प्रहरीले प्रत्यक्ष निगरानी राखिरहेको छ। बीपी राजमार्गमा सडक मरम्मत र पहिरो व्यवस्थापनको लागि जिल्ला प्रशासन र स्थानीय निकाय सक्रिय रहेका छन् ।

प्रतिक्रिया