शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध

शनिवार , आश्विन १८, २०८२

सिन्धुली, १८ असोज – सिन्धुलीमा लगातार वर्षातका कारण मध्य पहाडी लोकमार्गमा पहिरो खस्दा सडक अवरुद्व भएको छ । आज साँझ ५ः४५ बजे फिक्कल गाउँपालिका वडा नं. ६ नागस्थानस्थित सडकमा ढुंगा, माटो र लेदो सहितको पहिरो खस्दा दुबैतर्फको यातायात पूर्ण रूपमा अवरुद्ध भएकोजिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पानी परिरहेको कारण तत्कालै पहिरो हटाउन सकिएको छैन । घटनास्थलमा प्रहरी चौकी खाङसाङबाट टोली खटाइएको छ ।

त्यसैगरी, गोलन्जोर गाउँपालिका वडा नं. ६ अक्करे भिरस्थित सडकमा पनि ढुंगा, माटो र लेदोको पहिरो खस्दा बाटो एकतर्फी रूपमा बन्द भएको छ । यहाँ पनि पानी परिरहेकाले तत्काल राहत कार्य अघि बढाउन कठिनाइ भइरहेको छ । स्थानीय प्रहरी पोस्ट हैवारवेशीबाट टोली खटाइएको छ ।

प्रतिक्रिया