शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमाढीबाटै फर्काइए काठमाडौं जाने सवारी

शनिवार , आश्विन १८, २०८२

सिन्धुली ,१८ असाज – देशको पुर्वी भेगबाट विपी राजमार्ग हुँदै राजधानी काठमाडौंतर्फ गइरहेका सवारी साधनलाई शनिबार दिउँसो सिन्धुलीमाढीमा रोक लगाई फर्काइएका छन् । सिन्धुली ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार, यात्रुको सुरक्षा, सडकमा बढ्दो चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो ।

अविरल वर्षाका कारण सडकहरूमा पहिरो र बाढीका घटनाहरू बढेपछि राजधानी भित्रिने सम्पूर्ण आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी टोलीले सवारीलाई तत्काल वैकल्पिक मार्ग रोज्न आग्रह गरेको थियो । परिणामस्वरूप, धेरैजसो सवारी साधनहरू बाध्यतावश पुनः आफ्नो गन्तव्यतर्फ फर्किए भने केही सवारी चालकले मदन भण्डारी राजमार्गमार्फत हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने बाटो रोजे ।

यस क्रममा यात्रुहरूलाई लामो दूरी पार गर्नुपर्ने, थप इन्धन खर्चिनुपर्ने तथा समय नोक्सानी बेहोर्नुपर्ने अवस्था आएको छ । यात्रुहरूले असुविधा भए पनि सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै केहीले प्रशासनको निर्णयलाई समर्थन गरेका छन् भने कतिपयले भने पूर्वसूचना नदिइकन गरिएको कदमले समस्या बढाएको गुनासो गरेका छन् । यता, स्थानीय प्रशासनले आकस्मिक परिस्थितिमा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै निर्णय गर्नुपरेको स्पष्ट गरेको छ ।

प्रतिक्रिया