शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेपत्ता, सेवाबाट वञ्चित जनता

शनिवार , आश्विन ४, २०८२

सिन्धुली, ०४ असोज – सिन्धुलीको कमलामाई नगरपालिका अहिले गम्भीर प्रशासनिक संकटमा परेको छ । करिब दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको नगरपालिकाले दैनिक कामकाज सञ्चालन गर्नै सकेको छैन । प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराई कार्यालयमा करिब दुई महिना देखी कार्यालयमा उपस्थित नहुँदा नगरपालिकामो काम काज ठप्प हुँदा नगरवासीले भोगेको पीडा दिनप्रतिदिन गहिरिँदो छ ।

प्रमुख प्रशासकिय अधिकृत नियमित कार्यालयमा उपस्थित नभएको कारण नगरपालिकाबाट हुने महत्वपुर्ण सेवाहरू र भुक्तानी रोकिएका छन् । दशैँ नजिकिँदै गर्दा , सामाजिक सुरक्षा भत्ता,नगरपालिकाका कर्मचारी र नगरपालिका भित्रका शिक्षकको तलव लगायतका रकम नआउँदा आमजनताको चाडपर्व नै संकटग्रस्त भएको छ । कमलामाई–८ की ७० वर्षीया सुकुमाया खड्काले भन्नुभयो, “जेनजिले नेताहरुलाई मात्र दोष देखाए, कर्मचारी पनि तेहि ड्यांगका रहेछन् । वृद्ध भत्ता आएन भने कसरी दशैँ मनाउनु ?” यो वाक्यांश मात्रै होइन, अहिले नगरभरिका वृद्धवृद्धा, विपन्न परिवार र रोजगारीको आशामा उपभोक्ता समितिमा संलग्न जनताका आवाज बनेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत को अनुपस्थितिले भदौ २३ र २४ गते को जेनजिको आन्दोलनबाट नगरपालिकाको कार्यालय र तिन ओटा वडा कार्यालयमा भएको तोडफोड र आगजनीमा भएको क्षती को पुनःनिर्माण गरेर दैनिक कार्य सञ्चालन गरेर जनातालाई सेवा प्रदान गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृतको अनुपस्थिले उक्त काममा असर परेको छ ।

गत आ.व.को उपभोक्ता समितिहरू मार्फत सम्पन भएर बिभिद कारणले भुक्तानी नभर चालु आ.व.मा भुक्तानी दिनु पर्ने रकम प्रमुख प्रकाशकिय अभिकृतको अनुपस्थिमा भुक्तानी नपाउनने भस्पछि उक्त समितिमा मजुरदरी गने श्रमजिवीको नेपालीहरुको माहानचाड खल्लो बनेको छ । यस्ले आम श्रमविीहरुको परिवारमा रिासा छाएको छ ।

यसैबीच नगरवासीले सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालयमा नियमित हाजिर गराउन माग गरेका छन् । कतिपयले प्रमुखलाई राजनीतिक दबाबका कारण बेवास्ता गरेको आरोप लगाएका छन् भने कतिपयले उहाँ “सिन्धुलीकै नेताको आफन्त” भएको चर्चा पनि गरेका छन् । यदि त्यस्तो हो भने, स्थानीय प्रशासन र प्रदेश–संघ सरकारले तत्काल ध्यान दिनुपर्ने माग नगरवासीले राखेका छन् ।

यस्तो अवस्थामा नगरवासीले निराशा मात्र होइन, आक्रोश पनि प्रकट गर्न थालेका छन् । उनीहरू भन्छन,“नागरिकलाई समयमै सेवा दिन नसक्ने नगरपालिका किन चाहिन्छ ? कर्मचारीलाई हाजिर गराउन नसक्ने नगर प्रमुख री किन मौन छन् ? प्रदेश र संघ किन यस्ता बेथितीमा आँखामुनि पट्टी बाँधेर बसिरहेका छन् ? स्थानीय सरकार जनताको अधिकार सुनिश्चित गर्न बनेको हो तर जनप्रतिनिधि र कर्मचारीको लापरबाहीले त्यही सरकार नै नागरिकलाई बोझ र पीडाको कारण बनेको छ ।”

प्रश्न अब नगरपालिकामा मात्र सीमित छैन, यो त सम्पूर्ण राज्य संयन्त्र र जिम्मेवार तहलाई उद्देलित गर्ने गम्भीर चेतावनी हो । यदि तत्काल पहल गरेर प्रशासनिक कार्य सुचारुता ल्याइएन भने कमलामाई नगरपालिका मात्र होइन, देशभरका स्थानीय तहप्रतिको विश्वास नै ध्वस्त हुने खतरा बढ्दै गएको छ ।

अब दशैँ आउन एक साता मात्रै बाँकी रहँदा प्रशासनिक कामकाज ठप्प रहनु सिंगो नगरवासीका लागि थप पीडा बनेको छ । भुक्तानी रोकिनु, योजनाहरू थुनिनु, कार्यालय प्रमुख कार्यालयमा उपस्थित नहुनु र नागरिकलाई सेवाबाट वञ्चित गरिनु कुनै सामान्य प्रशासनिक कमजोरी होइन, यो त राज्यप्रतिको जनविश्वासलाई ध्वस्त पार्ने खालको गम्भीर बेवास्ता हो । नागरिकहरूले तिरेको करबाट तलब खाने अधिकारीहरूले आफ्नो जिम्मेवारी नसम्झेर कार्यालय बेवास्ता गर्नु, चाडपर्व नजिकिँदा जनतालाई असहाय अवस्थामा छाड्नु स्थानीय शासन र लोकतन्त्रकै अपमानजस्तो बनेको छ ।

प्रतिक्रिया