सिन्धुली, ०३ असोज – संविधान दिवसको अवसरमा शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विशेष कार्यक्रमकासाथ राष्ट्रिय झण्डोत्तोलन गरिएको छ । राष्ट्रिय गान प्रस्तुत गरे पछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललेसरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा झण्डोत्तोलन गर्नुभएको थियो थियो ।
कार्यक्रमको सुरुवातमा प्रमुख जिल्ला अधिकारीले संविधान दिवसले दिएको ऐतिहासिक सन्देशबारे प्रकाश पार्दै, लोकतन्त्र, राष्ट्रिय एकता र समावेशी विकासका लागि संविधान मुलधारको आधारशिला भएको उल्लेख गर्नुभयो । उहाँले नागरिक अधिकार सुनिश्चित गर्ने संविधानको भावना कार्यान्वयनमा सबै तहका निकाय, कर्मचारी र जनप्रतिनिधिहरूले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सहभागीहरूले राष्ट्रिय झण्डा सलामीसहित संविधानको मर्म र मूल्यप्रति प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल प्रहरीले झण्डोत्तोलन समारोह सलामी अर्पण गरेका थिए ।
संविधान दिवसको दिनमा मुलुकभर विभिन्न कार्यक्रम भइरहेको उल्लेख गर्दै वक्ताहरूले संविधानलाई जीवन्त बनाउन सबै नागरिकको साझा संकल्प अपरिहार्य रहेको धारणा राखे । सिन्धुली प्रशासन कार्यालयमा सम्पन्न झण्डोत्तोलनले स्थानीय तहमा संविधान दिवसलाई राष्ट्रिय गौरवका रूपमा मनाउनुपर्ने सन्देश दिएको सहभागीहरूले बताए ।