शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा करेन्ट लागेर युवकको मृत्यु

शुक्रवार , आश्विन ३, २०८२

सिन्धुली,०३ असोज – सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–२ संखाजोरमा बार साँझ करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । बिहिवार साँझ करिब ६ः३० बजेतिर स्थानीय २७ वर्षीय रुद्र मणि अधिकारी आफ्नै घरमा बिजुली मर्मत गर्दै गर्दा अचानक करेन्ट लागेर बेहोस भएका थिए ।

घटना सम्बन्धी जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलघारीबाट प्रहरी नायब निरीक्षक नरेश कुमार रायको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो । गम्भीर घाइते अवस्थामा रहेका अधिकारीलाई उद्धार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको भए पनि राति करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अकस्मात् दुर्घटनामा परि जीवन गुमाएका अधिकारीको घटनाले गाउँभर स्तब्धता छाएको छ भने प्रहरीले थप विवरण संकलनका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया