शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

छोरा खोज्दै सिन्धुलीबाट काठमाडौं पुगेकी आमाको पीडा

बुधवार , आश्विन १, २०८२

सिन्धुली,०१ असोज – काठमाडौंको चिलचिलाउँदो घाम र आन्दोलनको धुलो–धुवाँबीच, भिममाया सुनुवारको आँखामा एउटा मात्र लक्ष्य थियो—हराएको छोरा दिपेश भेट्नु । सिन्धुलीबाट काठमाडौँ जानुभएकी सुनुवारले पाँच दिनसम्म उहाँले राजधानीका गल्ली–गल्ली, साथी–भाइ, कार्यस्थल र प्रहरी चौकीसम्म धाउनुभयो् । न भोक लाग्थ्यो, न निद्रा आउथ्योस बस् एउटा कुरा मात्रै मनमा घन्किन्थ्यो,“मेरो छोरो कतै होला, जिउँदो होला।”

जेन जी आन्दोलनको दोस्रो दिन भइसकेको थियो । दिपेश सुनुवार सधैंझैं डेरामा फर्कनुभएन् । उहाँका साथीले सिन्धुलीस्थित घरमा खबर गरे । कतिपय सामाजिक अभियन्तालाई पनि खोज्नका लागि आग्रह गरियो । दिपेशको फोटो, हुलिया र सम्पर्क नम्बर राखेर ‘हराइरहेको छ, खोजिदिनु होला’ भनी आग्रह गरियो दिपेश भेटिनुएन् ।

तर, ३० असोजको बिहान आएको फोनले उहाँको जीवन नै उल्ट्याइदियो । “तपाईँको छोरो त्रिवि शिक्षण अस्पतालमा छ,” भन्ने आवाज सुन्नासाथ उहाँ दौडँदै त्यहाँ पुग्नुभयो । तर उहाँले अपेक्षा गरेजस्तो घाइते अवस्थामा छोरालाई पाउनुभएन् । बरु, अस्पतालको चिसो कोठामा निदाएका जस्तो देखिने निर्जीव शरीर उहाँको सामुन्ने थियो । केही दिनअघिसम्म फोनमा बोल्ने, घर खर्चको चिन्ता गर्ने दिपेश अब सधैँका लागि मौन भइसकेका थिए ।

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का सुनुवार परिवारको आर्थिक अवस्था कमजोर थियो । विद्यालयमा सात कक्षा पढ्दापढ्दै दिपेशले पढाइ छाडेर राजधानी पस्नुभएको थियो । सहरमा उहाँले सरसफाइ मजदुर बनेर परिवारको गुजारा धान्न थाल्नुभयो । घरमा आमा, बुबा र कान्छा भाइको जिम्मा उहाँको काँधमै थियो । “मेरो कमाइले घरको अवस्था सुधार्छु,” भन्ने सपना बोकेर हिँडनुभएका दिपेश आन्दोलनको दुस्साहसी लहरमा ओइरिनुभयो ।

२३ गतेको दिन ललितपुरमा सरसफाइको काम रोकिएपछि उहाँ नयाँबानेश्वर पुग्नुभयो । साथीहरूलाई भनेका थिए,“देश बदल्न लड्नुपर्छ ।” तर त्यही भीडभाडमा अज्ञात गोलीले उहाँको छाती छेड्यो । आन्दोलनकारीहरूले उहाँलाई अस्पताल पु¥याए तर बाँचाउन सकेनन् ।

सात दिनसम्म छोराको खोजीमा भौतारिनुभएकी भिममायाले अन्ततः अस्पतालको फरेन्सिक विभाग अगाडि बेहोस हुँदै छोराको मृत्युको यथार्थ स्वीकार्नुप¥यो । आँसु रोक्न नसक्ने उहाँले बोल्ने शक्ति गुमाउँदै जानुभयो । गाउँबाट आएका आफन्त र साथीहरूले पानी छर्केर होसमा ल्याए तर उहाँको मनमा उठेको शून्यता अझै भरिएको छैन ।

दिपेश परिवारको मुख्य आधार हुनुहुन्थ्योथिए । उहाँको मृत्युले घरको भरणपोषणमै संकट ल्याएको छ । अझ भावनात्मक पीडा असह्य छ—बच्चाको मृत्यु देख्नु एउटा आमाका लागि संसारकै ठूलो घाउ हो ।

दिपेश मिलन सुनुवार कुनै नाम चलेका नेता वा ठूला आन्दोलनकारी हुनुहुन्न् थियो । उहाँ साधारण युवा हुनुहुन्थ्यो, जसले पेट पाल्न काम गर्थे र परिवारलाई बाँचाउने जिम्मा बोक्नुभएको थियो । तर, परिवर्तनका खोजीमा उत्रिएका हजारौं युवामध्ये उहाँ पनि एउटा बलिदानको नाम बन्नुभयो ।

उहाँको मृत्युले एउटा गम्भीर प्रश्न समाज सामु राख्छ—देशका लागि लड्ने युवाहरूको रगतको मूल्य के हो रु परिवर्तनका नाममा गुमेका ज्यानलाई कसरी न्याय दिने रु

भिममायाको आँसु र सुनुवार परिवारको पीडा आज हजारौं आमाबुबाको साझा संवेदनामा परिणत भएको छ । दिपेशको निर्जीव शरीरले मात्र होइन, उनको अधूरा सपना र परिवारमा बाँकी रहेको रिक्तताले पनि हामीलाई सम्झाइरहेको छ—यो देश अझै युवाको बलिदानको भारी बोकेरै अघि बढिरहेको छ ।

प्रतिक्रिया