सिन्धुली,३१ भदौँ – केही समयअघि सिन्धुली कारागारबाट फरार भएका कैदी हरु पक्राउपर्ने क्रमजारी छ । जिल्ला प्रहरी कार्याालय सिन्धुलीले दिएको विवरण अनुसार हालसम्म २४३ जना फरार कैदीलाई पक्राउ परेकाछन छन । कारागारमा भएको सुरक्षा कमजोरीकै कारण कैदीहरू बाहिरिन सफल भएको अनुमान गरिएको छ । फरार भएपछि उनीहरू जिल्लाका विभिन्न गाउँ, बस्ती र सडक क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
सुरक्षाकर्मीले रातदिन नगर, गाउँ र सीमा क्षेत्रमा खोजतलासलाई तीव्र बनाएपछि कैदीहरू एकपछि अर्को गर्दै समातिन थालेका छन्। पक्राउ परेकालाई फेरि सिन्धुली कारागारमा पठाउने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ। अझै केही कैदी फरार रहेको र उनीहरूको खोजी निरन्तर जारी रहेको प्रहरीले स्पष्ट पारेको छ। यस घटनाले कारागार व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ भने स्थानीयवासीमा पनि असुरक्षाको भावना बढेको छ।
सिन्धुली कारागार प्रशासनले सुरक्षा कमजोरीका कारण उत्पन्न भएको यस घटनाबारे छानबिन भइरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ। तर, एकैपटक यति ठूलो संख्यामा कैदी फरार हुनु र पछि समातिनु देशको कारागार व्यवस्थापन प्रणालीमा तत्काल सुधारको आवश्यकता रहेको प्रमाणित भएको टिप्पणी गरिएको छ ।