सिन्धुली,२७भदौ – हालै मुलुकका विभिन्न कारागारबाट फरार भएका कैदी–बन्दीमध्ये सिन्धुलीमा ठूलो संख्यामा पक्राउ परेका छन् । प्रहरीले शुक्रबार साँझ ६ः४५ बजेसम्म जम्मा २३० जनालाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलील जनाएको छ ।
प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार, सिन्धुली कारागारबाट भागेका २१२ जना कैदी र थुनुवालाई पक्राउ गरिएको छ । तीमध्ये २८ जना महिला समेत रहेका छन् । यसैगरी, अन्य जिल्लाका विभिन्न कारागारबाट भागेका थप १२ जना पनि पक्राउ परेका छन् ।
गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको ‘जेनजी आन्दोलन’का क्रममा जेल तोडफोड, आगजनी र लुटपाटका घटनाहरू घटेका थिए । आन्दोलन बढ्दै गएपछि राजधानीसहित संवेदनशील जिल्लामा कफ्र्यु आदेश लागू गरिएको थियो भने शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै नेपाली सेना समेत सडकमा खटाइएको थियो ।