शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली कारागारबाट थुनुवा र कैदी भागे, सुरक्षा चुनौती थप

बुधवार , भाद्र २५, २०८२

सिन्धुली, २५ भदौ – जिल्लास्थित सिन्धुली कारागारबाट एकैपटक कैदी तथा थुनुवा फरार भएपछि स्थानीय सुरक्षा निकाय सतर्क बनेका छन् । कारागार प्रशासनका अनुसार हाल कारागारमा जम्मा ४७१ जना रहेका छन जसमा ४२८ जना पुरुष र ४३ जना महिला रहेका छन् । यिनै कैदी र थुनुवामध्ये केही व्यक्तिहरू विभिन्न तरिकाले भाग्न सफल भएपछि बाँकी कैदी र थुनुवाको सुरक्षासम्बन्धी चुनौती थपिएको छ ।

सामान्यतया न्याय र कानुनी प्रक्रियाको अन्तिम बिन्दु मानिने कारागारबाटै कैदी र थुनुवा भाग्नु कुनै साधारण घटना होइन । यसले मात्र सुरक्षा संयन्त्रमा कमजोरी रहेको सन्देश दिएको छैन, अपराध नियन्त्रण र समाजमा कानूनको शासनबारे प्रश्न पनि उब्जाएको छ । स्थानीयवासीले कारागारको सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिने उपाय खोज्न सरकारलाई आग्रह गरेका छन् ।

सुरक्षा निकायका अनुसार भागेकाहरूमध्ये केही खोजी कार्य जारी रहेको छ । तर, कारागार प्रशासन र प्रहरी बीचको तालमेल अभाव, संरचनागत कमजोरी र पर्याप्त जनशक्ति नहुनु यस घटनाको प्रमुख कारण भएको विश्लेषण गरिन्छ । यसले केवल कानुनी प्रक्रियामै अवरोध पु¥याएको छैन, समग्र जिल्लाको सुरक्षाप्रति जनविश्वासमा पनि प्रश्न उठाएको छ ।

अब यस घटनाबाट सिक्दै कारागार व्यवस्थापन प्रणालीलाई अझ व्यवस्थित र सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्छ। सुरक्षामा लापरबाहीले न केवल अपराधीलाई प्रोत्साहन दिन्छ, बरु समाजलाई नै भयग्रस्त बनाउन सक्छ भन्ने तथ्य बेवास्ता गर्नु हुँदैन ।

प्रतिक्रिया