शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बस्तीपुरमा सब डिभिजन वन कार्यालयको भवन शिलान्यास

बिहिवार , भाद्र ५, २०८२

सिन्धुली, ५ भदौ — सब डिभिजन वन कार्यालय बस्तीपुरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । बुधबार आयोजित कार्यक्रममा जग्गादाता लालबहादुर बजु र रामबहादुर पाख्रिनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा डिभिजन वन कार्यालय मरिणका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले जग्गादाताको योगदानप्रति आभार प्रकट गर्दै भवन निर्माणले सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जग्गादाताको योगदानले मात्र यो सम्भव भएको हो । यसले स्थानीय समुदायसँग वन कार्यालयको सम्बन्ध अझ प्रगाढ बनाउनेछ ।”

बागमती प्रदेश सरकारको १ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण हुने यो भवन निर्माणको जिम्मा जगदम्बा बिल्डर्स प्रालि, काठमाडौंले पाएको छ । ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको वैशाख महिनाभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सब डिभिजन वन कार्यालय बस्तीपुरका वन अधिकृत विशालकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका अगुवा, सरोकारवाला निकायका व्यक्तिहरू सहभागी थिए । कार्यक्रमको सञ्चालन रेन्जर युवराज थापा (अटल)ले गर्नुभएको थियो ।

प्रतिक्रिया