शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाः दुई घाइते

शनिवार , श्रावण ३१, २०८२

सिन्धुली, ३१ साउन – मदन भण्डारी राजमार्ग अन्तरगत मरिण गाउँपालिकावडा नं.०६ भुताहामा शुक्रवार राती ७ः ३० बजे भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ का २९ वर्षीय महेश देवकोटाले चलाएको बा.प्र.०२–०२५ प ३२९० नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल बाटोमा हिँडिरहेको कुकुरलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनाका कारण मोटरसाइकल चालक देवकोटाको टाउको, अनुहार र दाहिने हातमा गम्भीर चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३३ वर्षीय मिलन देवकोटाको खुट्टा र हातमा सामान्य चोट लागेको छ । दुवै घाइतेलाई तत्काल उद्धार गरी मरिण मरिण कम्युनिटि हस्पिटलमा उपचारका भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेको उद्धार र घटनाको अनुसन्धान सुरु गरेको छ । स्थानीयवासीका अनुसार, राजमार्गमा कुकुर तथा अन्य चौपायाको लापरबाहीका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गर्छन् । यसले गर्दा सवारीसाधन चलाउँदा चालकहरूलाई थप चुनौती हुने गरेको छ । ट्राफिक प्रहरीले चालकहरूलाई सडकमा विशेष सावधानी अपनाउन र गति सीमित गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया