सिन्धुली, २६ साउन – सिन्धुली घ्याङलेक गाउँपालिका वार्ड नं २ सातदोबाटो स्थित नांगे डाँडा जंगलमा एक महिलाको सव आइतवार फेला परेको छ ।
साउन ११ गते देखी हराएकी घ्याङलेक गाउँपालिका वार्ड नं. २, चन्दनपु निवासी अन्दाजी ३५/४० वर्षीया सन्चमायाँ वाइवा लामाको शव आइतवार फेला परेको प्रहरीले जनाएको छ ।
साउन ११ गते हराएको भनी ईलाका प्रहरी कार्यालय वस्तिपुरमा साउन १५ गते निवेदन प्राप्त भई खोजतलास गर्ने क्रममा जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि सिन्धुली अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।