शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एमालेबाट बागमतीको मन्त्री बन्नेको नाम टुंगियो

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं,२० साउन –  बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउदैछ । आज काँग्रेस संसदीय दलका नेता एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।

प्रदेश प्रमुखले आज २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान गरे बमोजिम बानियाँ एमालेको समर्थनमा मुख्यमन्त्री बन्दैहुनुहुन्छ ।

यसैबीच एमालेबाट मन्त्री बनेहरुको नाम टुंगिएको छ । एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहनुभएको छ । त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।

प्रतिक्रिया