शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

पोखरामा पुगेको हायू परिवार सिन्धुली फर्किँदै

सोमवार , श्रावण १९, २०८२

सिन्धुली, १९ साउन — पोखरा पुगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायुको परिवार फर्किन तयार भएको छ । वडाध्यक्ष रविन्द्र श्रेष्ठले हायु परिवार सिन्धुली फर्किन तयार भएको जानकारी दिनुभएको छ ।आज वडाध्यक्ष रविन श्रेष्ठ स्वयम् पोखरा पुगेर उनीहरूलाई  सिन्धुली ल्याउने तयारीमा हुनुहुन्छ । उहाँले हायूपरिबार लाई सिन्धुली ल्याउने तयारी भईरहेका पोखरावाट सिन्धुली सौगातलाई बताउनुभयो ।

साउन १२ गते सोमबार बिहान स्थानीयले हायु परिवार बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजी गर्दा सोहि दिन राती पोखराको गगन गौडामा उनीहरुलाई फेला परेको थियो ।

वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो, “खुसीको खबर, सिन्धुलीको गोलन्जोर गापा वडा नम्बर ६ बाट बेपत्ता भएको १६ जना हायु परिवारहरुलाई आज पोखराको गगनगौडाबाट गोलन्जोर–६ फर्काउने तयारी हुदै ।”

यसअघि वडा अध्यक्ष श्रेष्ठसहितका जनप्रतिनि गगनगौडा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेपनि उनीहरु फर्किन मानेका थिएनन् । वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरेका थिए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो ।

वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने बताउनुभएको छ । उहाँका अनुसार उनिहरुलाई अस्थायी रूपमा सुंगुरे क्षेत्रमा बासको व्यवस्था गरिनेछ भने दीर्घकालीन पुनःस्थापनाका लागि उपयुक्त स्थानको पहिचान गरी व्यवस्थित गरिनेछ ।

हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका थिए ।

२०७८ सालको जनगणना अनुसार नेपालमा हायू जातिको जनसंख्या जम्मा ३ हजार ६९ रहेको छ। अल्पसंख्यक र सुविधाबाट बञ्चित यस समुदायको पुनःस्थापनाका लागि स्थानीय तहले चालेको यो कदम सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।

प्रतिक्रिया