सिन्धुली,१६ साउन — सिन्धुली हरिहरपुरगढी गाउँपालिका वार्ड नम्बर १ बस्तीपुरमा शुक्रवार दिउँसो ३ः३० बजे रुखले किच्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको भने ३ जना घाइते भएका छन् ।
मृत्यू हुनेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका वार्ड नम्बर १ की ९ वर्षीया सार्की थिङ र १६ बर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रबक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताउनुभयो ।
घाइते हुनेमा सोहीठाउँ बस्ने १४ वर्षीय सिर्जना माया ,१५ वर्षीय सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएको प्रबक्ता सुबेदीले जानकारी दिनुभयो । घाइतेमध्ये सिर्जना माया र सन्ध्या भोलन लाई उपचारको लागि हेटौडातर्फ पठाइएका र सुशील थिङ्गको पाँचपाण्डव पोलिक्लिनिक झुरझुरे मा उपचार भई रहको उहाँले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिका वार्ड नम्बर १ बस्तीपुर भन्ने ठाउँमा पानी परेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसिरहेको अवस्थामा पानी तथा पहिरोको कारण सालको रुख उक्त टहरो टौवा माथि ढलि उनिहरुलाई किचेको प्रहरीको भनाई छ ।