सिन्धुली – नेकपा (माओवादी केन्द्र)का सिन्धुलीका प्रभावशाली राजनीतिक व्यक्तित्व तथा संघीय सांसद लेखनाथ दाहाल ‘राजन’ नेतृत्व गरिरहेका क्यारोभित्रै पटक–पटक आपराधिक विवाद देखा पर्न थालेका छन् । एकातर्फ दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी बलात्कार मुद्दामा फसेका छन् भने अर्कोतर्फ उहाँका अर्का नजिकका कार्यकर्ता टिकाराम स्याङ्ताङ मोटरसाइकल चोरी प्रकरणमा पक्राउ परेर हाल जेल चलान भएका छन् ।
२०७९ मा दुई थान २२० सिसिको मोटरसाईकल चोरी मुद्वमा जिल्ला प्रहरी कार्यकाल सिन्धुलीले पक्राउगरी जिल्ला अदालत सिन्धुलीमा अभियोग दर्ता भएकोमा उनि अदालत बाट धरौटीमा छुटेका थिए । पछि अदालतबाट मिति २०८०÷०८÷१९ गते मुद्दा फस्र्यौट हुदाँ उनलाई अभियोगदावी पुगेकोले २३ दिन कैद सजाय तोके पछि, उनि यस फैसला बिरुद्व उच्च अदालत पाटनमा पुनरावेदन गएकोमा पुनराबेद अदालत पाटनले २०८२÷१÷१९मा जिल्ला अदालत सिन्धुलीको फैसला सदर गरेपछी फैसला कार्यान्वयनको लागी सिन्धुली प्रहरी ले साउन १४ गत बुधवार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनलाई पक्राउगरी जिल्ला अदालत सिन्धुलीमा पेश गरी अदालतको आदेश अनुसार उनि सिन्धुली कारागारमा थुनामा छन ।
उनि नेकपा माओवादी केन्द्र मरिण ०४ वडा कमिटी अध्यक्ष,र श्री मा.वि. मरिण खयरसाल का व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन । चासोको कुरा के हो भने, नेताहरू सार्वजनिक मञ्चमा न्याय, उत्तरदायित्व र नैतिकताको कुरा गर्दा गर्दै आफ्नै ‘बिश्वास पात्र’हरू गम्भीर आपराधिक आरोपमा पर्दा भने मौनता साधिरहेका छन् । यस्ता घटनाले नेताको ’चयन क्षमता’ र नैतिक दृढतामाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।
यसैगरि दुधौली नगर प्रमुख दिनेश अधिकारीमाथि एक महिलाले बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । सो मुद्दा अहिले अदालत प्रक्रियामा रहे पनि यो नैतिक र सामाजिक रूपमा गम्भीर विषय हो । यतिसम्म कि उनीमाथि अभियोग पुष्टि नहुँदै जनस्तरमा आक्रोश बढेको छ ।
स्याङ्ताङ लामो समयदेखि राजन दाहालनिकट कार्यकर्ता मानिनुहुन्छ । राजनीतिक रूपमा उनले विभिन्न स्थानीय गतिविधिमा राजन दाहालको प्रतिनिधिका रूपमा समेत काम गर्दै आएका थिए ।
यी दुबै प्रकरणमा नेता दाहालको पूर्ण मौनता देखिनुभएको छ । अन्य राजनीतिक दल वा नेताहरूले समस्या परेमा खुलेर टीका टिप्पणी गर्ने उहाँ, आफ्नै ’बिश्वास पात्र’हरूमाथि आपराधिक आरोप लाग्दा किन चुप हुनुहुन्छ ?
के यो मौनता अपराधीलाई संरक्षण दिने संकेत हो ? कि उनी दोष स्वीकार्न सक्दैनन् र त्यसैले बच्न खोजिरहेका छन ? कि नेतृत्वमा ’चयन’ र ’समीक्षा’को प्रक्रिया नै गलत थियो ? जनता के बुझून ?
राजन दाहाललाई धेरैले ’सार्वजनिक उत्तरदायित्व बोकेको नेता’का रूपमा चिन्थे । तर अहिलेको मौनताले के उहाँ दुईहरफे मापदण्ड राख्दैहुनुहुन्छ भन्ने प्रश्न उठेको छ । यदि आफ्नै पक्षका दोषीप्रति मौन बस्ने र अरूका कमजोरीमा आँखा गाड्ने हो भने जनताले यस्तो नेतृत्वप्रति जनताले विश्वास गर्न सक्दैनन् ।
लोकतन्त्रमा नेताको मूल मूल्य भनेकै पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सरोकारप्रति संवेदनशीलता हो । राजन दाहाल जस्ता नेताहरूले यी प्रश्नको जवाफ दिन आवश्यक छ,“किन आफ्ना नजिकका व्यक्तिहरू विवादमा पर्दा उनी मौन छन ?,के नैतिक मूल्य र राजनीतिक इमानदारी अब केवल भाषणमा मात्र सीमित रहने हो ?”