शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा खैरो हिरोइनसहित चार जना पक्राउ

बुधवार , श्रावण १४, २०८२

सिन्धुली, १४ साउन — सिन्धुलीमा प्रहरीले एकैदिन दुई समूहबाट खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतिय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलवार इलाका प्रहरी कार्यालय भिमान बाट खएिका प्रहरी टोली भीमान चेकपोष्टमा चेकजाँच गर्ने क्रममा विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ६०४२ नं. को हायसमा सवार भारत विहार राज्य खजुरवाड जोगवनी वडा नं. ५ बस्ने ३० बर्षीय मोहम्मद रिजवान र निज संगै सवार सोही ठाउ बस्ने ३५बर्षीय मोहम्मद इकरारको साथबाट ११.५०० ग्राम खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले बताउनुभयो ।

त्यस्तै मंगलबारनै झापाबाट काठमाडांैतर्फ जादै गरेको प्र.१–०१–००१ ख ४५३६ नं. को हायसमा सवार काठमाडांै जिल्ला बुढानिलकन्ठ नगरपालिका वडा नं. १ बस्ने ३५ बर्षीय सरोज बास्तोला र सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. १४ बस्ने अशोक हिङ्ममाङ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ का ३५ बर्षीया सरोज बास्तोला र सर्लाहीको ईश्वरपुर–१४ का अशोक हिङ्ममाङको साथबाट थप १६.४०० ग्राम खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ लागूऔषध सहित नियन्त्रणमा लिएको प्रबक्ता सुबेढीले बताउनुभयो ।

पक्राउ परेको चारै जनालाई बुधवार जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय भिमानको हिरासतमा राखी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया