सिन्धुली – सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा रहेका होटल छेउ गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय भएको छ ।
यात्रु लक्षित गरी खेलाइने उक्त खेलमा गिरोहले झेली गरी यात्रुहरुलाई ठग्ने गरेको स्थानीयले बताएका छन् । जसका करण बेलाबेलामा यात्रु र गिरोहबिच तनाव सृजना हुनेगरेको छ ।
केहीदिन अघि साइटारको एक होटलमा पूर्वबाट आएको हाईसका यात्रुहरू होटेलमा झर्ना साथ होटल बाहिर गोटी खेल्न आकर्षण गरी गोटि खेलाउदा यात्रुले आफुहरूलाइ गिरोहले मिलेमत्तोमा हराइएको थाहा पाएपछि झगडा भएको स्थानीयहरुले बताएका छन् ।
त्यसैगरी लफडा हुदाँ प्रहरी आएर यात्रुको पैसा फिर्ता गराइदिएका थिए । होटलवालासँग मिलेमत्तो गरेर यात्रुहरूको भीडभाड हुने ठाउमा गिरोहले यात्रुहरू ठग्ने गरेको छन् । पैसामा गोटि खेलाउनु गैरकानुनी मानिन्छ ।
एक स्थानीयका अनुसार गोटि खेलमा एक यात्रुले ५ हजार सकेछन् गाडि भाडा तिरेको रहेनछ । गाडीभाडा नभएर अलपत्र पर्ने स्थिति आएछ ।
प्रत्यक्षदर्शीका अनुसार गोट्टी खेलाउने ३ वटा मोटर साइकलमा ६ जना अपरिचित व्यक्ति सक्रिय छन । उनिहरुका कारण यात्रु विचल्लिमा पर्ने र ठाउँको समेत बदनाम हुनेस्थिति बन्न लागेको भन्दै प्रशासनले यसतर्फ ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।