शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

तीन वर्षअघि बेपत्ता भएका थिए उर्मिलाका श्रीमान्

सोमवार , श्रावण १२, २०८२

सिन्धुली, १२ साउन - सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ ।

जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले अनलाइनखबरलाई जानकारी दिए ।

स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए । खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको कोइरालाले जानकारी दिए ।

अहिले बेपत्ता परिवारमा उर्मिलासहित उनका ६ जना छोरा, ६ वटी छोरी एक बुहारी र एकजना नातिनी रहेको पनि कोइरालाले जानकारी दिए ।

हायू परिवारले वडा कार्यालयबाट तीन महिनाको सीमान्तीकृत भत्ता एकैपटक बुझेको पनि पाइएको कोइरालाले बताए ।

‘साउन लागेपछि सीमान्तीकृत भत्तासम्बन्धी कार्ड नवीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि वडा कार्यालय गएका उनीहरुले यी १६ जनासहित बाहिर भएका दुईजनाको समेत भत्ता लिएको खुलेको छ,’ उनले भने ।

उनीहरुले तीन महिनाको भत्ता गरी करिब २ लाख १६ हजार एकैपटक बुझेको पाइएको उनले बताए ।

प्रतिक्रिया