शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा भालुको आक्रमणबाट एक जना घाइते

शनिवार , श्रावण १०, २०८२

सिन्धुली – जंगली भालुको आक्रमणबाट सिन्धुलीका एक जना घाइते भएका छन् । घाइते हुनेमा दुधौली नगरपालिका–३ कालापानीका ८३ वर्षीय चन्द्र बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बस्नेत शुक्रबार दिउसो घरभन्दा अन्दाजी ४ किलोमिटर दक्षिणमा रहेको चुरे जंगलमा बाख्रा चराउने क्रममा अचानक भालुले आक्रमणमा पर्नुभएको हो । घाइते बस्नेतलाई निज संगै बाख्रा चराउन गएका छिमेकी विर बहादुर श्रेष्ठले देखी उपचारको लागि शुत्रलवार बेलुका ६;१५ बजे दुधौली नगर अस्पताल सिर्थौली ल्याई उपचार भई रहेको प्रहरीले जनाएको छ । आक्रमणले बस्नेतकोे दाया हात र दाँया खुट्टामा भालुले टोकेको चोट अवस्था मध्यम (बोल्न नसक्ने) रहेको छ ।

प्रतिक्रिया