शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

शुक्रवार , श्रावण ९, २०८२

हेटौंडा ,९ साउन – – बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । काँग्रेसबाट मन्त्री बनेका चार जनाले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने हुनुहुन्छ ।

बागमती सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित काँग्रेसबाट सरकारमा ८ जना सामेल रहेकोमा चार जनाले राजीनामा दिएका हुन् । उहाँहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताउनुभएको छ ।

काँग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको बताइएको छ । ३७ सांसद रहेको काँग्रेस संसदीय दलमा २४ जनाले लामाको विपक्षमा हस्ताक्षर बुझाइसकेको बताइएको छ ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको पाइएको छ ।

प्रतिक्रिया