सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीमा पिकअप भ्यान शुक्रबार बिहान दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा प्र ०१–०२४ च ९९१३ नम्बरको योद्धा भ्यान सडकबाट अन्दाजी पाँच सय मिटर खस्दा मकवानपुर मनहरि गाउँपालिका–४ का धर्मराज रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक मृतकका भाइ निरज रेग्मी गम्भीर घाइते भएकाले प्राथमिक उपचारपछि धुलिखेल अस्पताल लगिएको छ ।
दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रमुख प्रहरी नायव उपरीक्षक प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले