शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

काठमाडौँको तीनकुनेमा सिन्धुलीको एम्बुलेन्स दुर्घटना

बिहिवार , श्रावण ८, २०८२

काठमाडौँ, ८ साउन– काठमाडौँको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिक–१ दुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताउनुभयो ।

एम्बुलेन्समा चालक मात्र रहेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र उहाँलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया