शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गृह मन्त्रालयको कर्मचारी भन्दै ठगी गर्ने सिन्धुलीका न्यौपाने पक्राउ

बुधवार , श्रावण ७, २०८२

सिन्धुली,७ साउन – गृहमन्त्रालयको कर्मचारी भन्दै ठगीको शृंखला चलाउँदै आएका सिन्धुलीका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपाने छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा सिन्धुलीको भीमानबाट पक्राउ गरेको हो ।

उनले आफू गृह मन्त्रालयको कर्मचारी भएको नक्कली परिचय दिँदै विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको पाइएको छ । पछिल्लो पटक उनले गृह मन्त्रालयमा करारको जागिर लगाइनदिने भन्दै फर्जी फारम समेत भर्न लगाएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

उनी यो भन्दा अघि पनि विभिन्न ठगी मुद्दामा पक्राउ परेर जेल समेत गएका व्यक्ति रहेको खुलेको छ । २६ भदौ २०६९ मा सैनिक अनुसन्धान तथा आचरण सम्बन्धी मुद्दामा विशेष अदालतको कीर्ते पत्र तयार गरको आरोपमा कारागार चलान भएका थिए ।

कारागारबाट छुटेपछि ८ वैशाख २०७४ मा भीआईपी कोटामा शान्ति सेना पठाउने भन्दै ४ लाख ठगी गरेको आरोप उनीमाथि छ ।

नख्खु कारागारबाट कैदी छुटाइदिन्छु भन्दै उनका आफन्तबाट ८ चैत २०७४ मा १२ लाख ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

२२ जेठ २०७५ मा जग्गा बिक्री गरिदिन्छु भन्दै उनले ठगी गरेको आरोपमा पनि जाहेरी परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताउनुभयो ।

सहायक सेनानी बनाइदिन्छु भन्दै २२ जेठ २०७५ मा ठगी गरेको आरोपमा पनि उजुरी परेको पाइएको छ । अदालतको फैसला कीर्ते गरी लिखत सम्बन्धी कसुर गरकेो आरोपमा ७ पुस २०७९ मा जाहेरी परेको पाइएको छ ।

प्रतिक्रिया