शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सेल्फीडाँडा’ लाई ’गढी डाँडा’ नाम दिएपछि विवादः स्थानीय असन्तुष्ट

मंगलवार , श्रावण ६, २०८२

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित सेल्फीडाँडा (साउनेपानी) लाई नेपाली सेनाले ‘गढी डाँडा’ नामकरण गरेपछि विवाद चुलिएको छ । स्थानीय बासिन्दा, नागरिक अभियन्ता तथा बुद्धिजीवीहरूले नाम परिवर्तनको प्रक्रियामा जनताको सहभागिता नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

विपी राजमार्ग नजिक रहेको सेल्फीडाँडामा ऐतिहासिक सिन्धुलीगढी युद्धलाई झल्काउने युद्धकला, शालिक र भित्तेचित्र नेपाली सेनाको भवानी बक्स गणले तयार गरेको हो । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त संरचनाको साउन ३ गते नगरप्रमुख उपेन्द्र पोखरेलको उपस्थितिमा अनावरण गरिएको थियो ।

तर, अनावरणको क्रममा ’सेल्फीडाँडा’ लाई ’गढी डाँडा’ नाम दिइएपछि स्थानीयले विरोध जनाएका हुन् । उनीहरूको अनुसार, नाम परिवर्तन गर्दा कुनै सार्वजनिक सुनुवाइ गरिएको थिएन, न त स्थानको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिका आधारमा स्थानीयको सुझाव लिइएको थियो ।

प्रकृति संरक्षण अभियन्ता सौरभ ढकालले भन्नुभयो, “नाम सेनाले राख्ने हो र ? यो त करदाता र स्थानीय नागरिकसँग छलफल गरेर राख्नुपर्ने कुरा हो । यसमा पालिकाको बल मिचिएको छ । यसरी सिलालेखमा हतारमा नाम लेख्नु इतिहाससँग अन्याय हो ।”

स्थानीय शिक्षक प्रेम आचार्यले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “कुलोबाँधलाई हिरापानीभन्दा अगाडि ‘सिन्धुली गढी’ भनिदिनुहोस्, किनभने यो देशमा मनगढन्ते नाम राख्ने चलन छ । सुन्दरीलाई ‘सुन्तली’ बनाइन्छ भने खनियाखर्कलाई गढीडाँडा बनाइए के फरक पर्छ ?”

त्यस्तै, इतिहासका जानकार भीम विक्रम गोदार थापा लेख्नुहुन्छ, “इतिहास तोडमोड हुने गरी नाम राख्नु हुँदैन । स्थानीय बुद्धिजीवीको रोहबरमा ऐतिहासिक सन्दर्भ झल्काउने नाम राखिनुपर्छ, होइन भने ‘कप्तान किनलक मार्ग’ जस्तै विवाद फेरि दोहोरिन्छ ।”

यसअघि पनि नेपाली सेनाले सिन्धुलीगढी–चियाबारी जोड्ने पदमार्गलाई ’कप्तान किनलक मार्ग’ नाम दिँदा स्थानीयले आपत्ति जनाएका थिए । अहिले पनि त्यस्तै प्रक्रिया दोहोरिएको भन्दै उनीहरूले नामकरण प्रक्रिया पुनरावलोकन गर्न माग गरेका छन ्।

स्थानीयवासीहरूको माग छ, “नाम राख्नुअघि सार्वजनिक सुनुवाइ, स्थानको ऐतिहासिकता र स्थानीय परिचयको सम्मान, र जनताको सहभागितामा निर्णय हुनुपछ

प्रतिक्रिया