शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा हत्या गरिएका तीर्थयात्रीको सनाखत

मंगलवार , श्रावण ६, २०८२

सिन्धुली — धारिलो हतियार प्रहार गरी हत्या गरिएका व्यक्ती भारतीय तीर्थयात्री रहेको खुलेको छ । सिन्धुलीको दुधौली नगरपालिका २ को मधुगंगा महादेव दर्शनका लागि आएका आएका तीर्थयात्रीको साथी समूहबीच विवाद हुँदा सोमबार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

मृतक भारत सितामाडी भवदेवपुर वडा नं ११ का २५ वर्षीय पंकजकुमार भगत रहेको प्रहरीले जनाएको छ । मृतकका माइला दाजु रंजित भगतले मृतक आफ्नो भाइ रहेको भनि सनाखत गरेपछि पहिचान खुलेको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

घटनास्थल दुधौली २ मधुगंगा महादेव मन्दिर क्षेत्र लामिडाडाबाट प्रहरीले चुप्पी र खुर्पा समेत बमरामद गरेको छ । चुप्पी र खुर्पा प्रहार गर्नेपनि भारतीयहरु नै हुनसक्ने प्रहरीको आंकलन छ । उनीहरुको खोजीकार्य भइरहेको छ ।

त्यस्तै मधुगंगा महादेव दर्शनका लागि आएका ५०/५५ वर्षको पुरुष मृत अवस्थामा फेला परेकोमा हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया