शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अर्को बेवारिसे शव फेला

सोमवार , श्रावण ५, २०८२

सिन्धुली,०५ साउन– सिन्धुलीमा आज अर्को वेवारिसे शव फेला परेको छ । जिल्लाको दुधौली नगरपालिका वडा नं. २ लामिडाँडा घिसिङटोल बस्ने पदम बहादुर घिसिङको घर नजिकै रहेको गाई ग्वालिमा आज १०;४० बजे नाम,थर,वतन नखुलेको अंन्दाजी ३० वर्षको पुरुषको वेवारिसे लास फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । निजको छातीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।घटना स्थलमा धारिलो हतियार र चुप्पि फेला पारेकोो प्रहरीले जनाएको छ ।

यसअघि हिजो जिल्लाको दुधौली नगरपालिका वडा नं. २ गागनबजार नाम,थर,वतन नखुलेको अंन्दाजी . ५५/६० वर्षको भारतीय मुलको जस्तो देखिने पुरुषको वेवारिसे लास फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदी, प्रहरीचौकी हत्पते, इलाका प्रहरी कार्यालय खटिगई घटनाको सम्बन्धमा बिस्तृत बुझ्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया