शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको शैक्षिक यात्रामा नयाँ अध्याय : सिद्धबाबा प्लस टु म्यानेजमेन्ट

शनिवार , श्रावण ३, २०८२

सिन्धुली – कहिल्यै राजधानी र ठूला सहरहरूको मात्रै विशेषता मानिएको ‘गुणस्तरीय उच्च शिक्षा’ अब सिन्धुली जिल्लामै उपलब्ध हुन थालेको छ । विगतमा कक्षा १० पास गरेपछि अधिकांश विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षा (प्लस टु) तहको अध्ययनका लागि काठमाडौंदेखि जनकपुरसम्मको यात्रा गर्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यो बाध्यता क्रमशः हट्दै गएको छ । यस परिवर्तनको केन्द्रमा रहेको छ — सिद्धबाबा प्लस टु म्यानेजमेन्ट, जुन छोटो समयमै जिल्लाको चर्चित शिक्षण संस्था बन्न सफल भएको छ ।

सिद्धबाबा कलेज अफ म्यानेजमेन्टले सुरु गरेको उच्च माध्यमिक तहको शिक्षा (प्लस टु) ले सिन्धुलीका विद्यार्थीहरूलाई जिल्लामै बसी गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याएको छ । कलेजमा स्थानीय तथा अन्यत्रबाट आएका अनुभवी र दक्ष शिक्षकहरूले अध्यापन गराउने व्यवस्था गरिएको छ । साथै, पुस्तकालय, कम्प्युटर ल्याब, प्रोजेक्टरमार्फत पठनपाठन, छात्रवृत्ति सुविधा, र विभिन्न अतिरिक्त क्रियाकलापहरूमा संलग्न हुने अवसरले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुगेको छ ।

गत वर्षको उत्कृष्ट शैक्षिक उपलब्धि

कलेजले २०८० सालको प्लस टु तहको नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ । गत वर्ष कलेजको नतिजा शतप्रतिशत आएको छ , जसमा २ जना विद्यार्थीले जिल्लामै पहिलो स्थान हासिल गरेका छन् भने २ जना विद्यार्थीले दोस्रो स्थान प्राप्त गरेका छन् । यी उपलब्धिहरूले सिद्धबाबा कलेजको शैक्षिक गुणस्तर र शिक्षण पद्धतिको प्रमाण प्रस्तुत गर्छ । कलेजमा पठनपाठन मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत उत्तिकै ध्यान दिइन्छ ।

विदेश अध्ययनका लागि शतप्रतिशत छात्रवृत्तिमा विद्यार्थीहरू छनोट

कलेजले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यस वर्ष १ जना विद्यार्थी अमेरिकाको प्रतिष्ठित कलेजमा पूर्ण छात्रवृत्तिसहित अध्ययन गर्न सफल भएका छन् । त्यस्तै, ७ जना विद्यार्थी अन्य देशहरूमा पनि छात्रवृत्तिमा अध्ययन गर्न सफल भएका छन् । यो उपलब्धि कलेजको मार्गदर्शन, काउन्सिलिङ, र गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफल हो ।

भर्ना प्रक्रियाः चासो र प्रतिस्पर्धा दुवै उच्च

कलेजले असार ३१ गते सञ्चालन गरेको इन्ट्रान्स परीक्षामा ९० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । कलेजप्रति देखिएको उत्साह र अभिभावकहरूको चासोबाट नै सिद्ध हुन्छ कि कलेजले स्थानीय समुदायको विश्वास जित्दै गएको छ । अभिभावकहरूको आग्रह र समय अभावका कारण कलेज प्रशासनले श्रावण ५ गते दोस्रो चरणको इन्ट्रान्स परीक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

सीट संख्या सीमित, चाँडो आवेदन दिन आग्रह

कलेज प्रशासनले सिट संख्या सीमित भएको हुँदा इच्छुक विद्यार्थीहरूलाई यथासिघ्र आवेदन दिन अनुरोध गरेको छ । कलेजका प्रिन्सिपल राहुल सिंह भन्नुहुन्छ, “हामी विद्यार्थीको क्षमता विकासमा मात्र होइन, उनीहरूको आत्मविश्वास, प्रस्तुति कौशल, र व्यवहारिक ज्ञान अभिवृद्धिमा पनि ध्यान दिइरहेका छौं । यो कलेज सिन्धुलीका लागि मात्र होइन, आसपासका जिल्लाका विद्यार्थीहरूका लागि पनि ठूलो अवसर हो । हामी चाहन्छौं कि सिन्धुली जिल्लाकै माटोबाट अन्तर्राष्ट्रिय स्तरका दक्ष र आत्मविश्वासी युवाहरू तयार होउन ।”

ओरिएन्टेसन कार्यक्रम श्रावण ९ गते

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीहरूलाई कलेजको नीति, कार्यशैली, नियम र अवसरहरूबारे जानकारी दिन श्रावण ९ गते गणपती होटल, सिन्धुलीमाडीमा ओरिएन्टेसन कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि जीवन प्रशिक्षक तथा प्रेरणादायी वक्ता (मोटिभेसन स्पीकर) रमण भट्टराई सहभागी हुनेछन् ।

विद्यार्थी र अभिभावकको बढ्दो विश्वास

कलेजको सिकाइ प्रणाली, शिक्षकहरूको सक्रियता र व्यवस्थापन पक्षले अहिले नै विद्यार्थी र अभिभावकमाझ गहिरो विश्वास निर्माण गर्न थालेको छ । स्थानीय स्तरमा यस्तो कलेज सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि हो। यसले न केवल शिक्षा क्षेत्रमा सुधार ल्याइरहेको छ, बरु जिल्लाबाट बाहिर पलायन हुने युवाको संख्या घटाउने सम्भावना पनि बढाएको छ ।

सिन्धुलीको शैक्षिक उचाइको संकेत

सिद्धबाबा प्लस टु म्यानेजमेन्ट जस्ता संस्थाहरूको उदयले सिन्धुलीको शैक्षिक उचाइ बढाउने स्पष्ट संकेत दिएको छ । निकट भविष्यमा अन्य विषयहरूमा पनि यस्ता गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु भएमा सिन्धुलीलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने सम्भावना प्रवल देखिन्छ ।

प्रतिक्रिया