शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग सञ्चालनमा आयो 

मंगलवार , आषाढ ३१, २०८२

काभ्रे — वर्षातका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । सोमबार राति परेको पानीका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–११ स्थित माम्ती, वडा नं ९ को पिन्थली र विरुवाडाँडामा लेदोले सडक अवरुद्ध भएको थियो ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार मंगलबार बिहान ८ः३५ बजे सडक लेदो हटाएर खुलाइएको हो । यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया