सिन्धुली,३० असार – सिन्धुलीमा प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । शनिबार कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय भिमानको चेकपोष्टमा चेक जाँच गर्नेे क्रममा दुई जनालाई लागु औषध सहित पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीका अनुसार जिल्ला रुपन्देही मायादेवि गा.पा. ४ बस्ने ४७ बर्षिय भगवान दास लोनियाको साथमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ९५.०५० ग्राम र नगद रकम रु.५६,०००।–(छपन्न हजार) सहित पक्राउ गरेको हो ।
त्यसैगरी जिल्ला सप्तरी ,सुरुंगा नगरपालिका वडा न .५ बस्ने २७ बर्षिये रंधिर कुमार चौधरी को साथमा लागू औषध खैरो हिरोइन १.८२ ग्राम सहित नियन्त्रणमा लिएको उसुबेढीले जानकारी दिनुभयो । पक्राउपरेका दुबैजनालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।