सिन्धुली ,३० असार – बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर आज बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक–पटक सडक अवरुद्ध भएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।