शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

सोमवार , आषाढ १६, २०८२

सिन्धुली,१६ असार – सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  । दुर्घटनामा अरु एक जना घाइते भएका छन् । मोटर साइकलमा तिन जना सवार थिए ।

आइतवार राती ११ः५० सिन्धुलीको सिन्धुली कमलामाई न.पा.१४ रानिबास स्थित मदनभण्डारी राजमार्गमा दुर्घटना हुदाँ मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुली कमलामाई न.पा.९ भिमानबाट रानीबास तर्फ जाँदै गरेको सिन्धुली कमलामाई न.पा.१४ तल्लो रानिबास बस्ने २१ बर्षीय मनिश धामीले चलाएको ज ४ प ३४९८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुर्घटना हुंदा उक्त मोटरसाइकलमा पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका.१४ चन्दनपुर बस्ने बर्ष ३५ बर्षीय राजेन्द्र कुवंर दनुवारको छात्ति र टाउकोमा चोट लागि जनसेवा अस्पताल बर्दिबासतर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको भनि उक्त अस्पतालको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा पछाडि सवार सोहीठाउ .बस्ने विधेश कुमर को छोरा ं.१४ बर्षीय करण कुमरको दायाँ कुम र दायाँ हातमा चोट लागि जनसेवा अस्पताल बर्दिबासमा उपचार भईरहेको ्अवस्था सामान्य रहेको छ । मोटरसाइकल र चालकलाइ नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय विमानबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया