सिन्धुली,१५ असार – सिन्धुलीमा इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । शनिवार कमलामाई नगरपालिका– ९ भिमान चेक पोइन्टबाट एक जनालाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय सन्धिुलीले जानकारी दिएको छ ।
काठमाडौँबाट मोरङतर्फ गइरहेको बागमती प्रदेश ०३ ००१ ख ३३६१ नम्बरको भ्यानमा चेक गर्दा त्यसमा सवार जिल्ला मोरङ पोखरी नगरपालिका वार्ड नम्बर ४ बस्ने ४० बर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई लागूऔषध टमाडोल प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका श्रेष्ठलाई लागू औषध (नियन्त्रण) उेन,२०३३को दफा ४ को (घ),(ङ) र (च) बमोजिमको कसुरमा सोही उेनको दफा १४(झ) बमोजिम सजायका लागि आइतवार जिल्ला अदालत सिन्धुलीबाट म्याद थपगरि इलाका प्रहरी कार्यालय भिमानमा थुनामा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।