शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ठुलो मात्रामा लागु औषध सहित तिनजना पक्राउ

शुक्रवार , आषाढ १३, २०८२

सिन्धुली,१३ असार – बिपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अबैद्य लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा बिहिवार चेकजाँच गर्ने क्रममा लागुऔषध सहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बर्दीवासबाट काठमाडौँतर्फ जादै गरेको मधेश प्रदेश ०४२–००१ ज ०१५५ न को यात्रुवाहक इभि भ्यानलाई रोकी चेकजाँच गर्दा सिट नं.६ मा लागु औषध सहित सवार जिल्ला सर्लाही बरहथवा नगरपलिका. ७ बस्ने ३० बर्षीय बिक्रम चौधरी लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चौधरीले बोकेको रातो रंगको झोला भित्र लागु औषध नाइट्राभेट २८८० ट्याबलेट र गाडीको छतमा राखेको जुटको बोराबाट लागुऔषध ट्रामाडोल २९ हजार ट्याबलेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीसंग सोधपुछको क्रममा आफु भरिया मात्र रहेको र मालिक अरुनै भएको प्रहरीलाई बयान दिएको र उनको बयानका आधारमा बरामद भएको लागुऔषधका धनि सिन्धुपाल्चोक ठुलोपाखर गाउँपालिका६ बस्ने २६ बर्षीय सफल श्रेष्ठ र सिन्धुली फिक्कल गाउँपालिका ६ बस्ने २६ बर्षीय राहुल तामाङलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई लागू औषध (नियन्त्रण) उेन,२०३३को दफा ४ को (घ),(ङ) र (च) बमोजिमको कसुरमा सोही उेनको दफा १४(झ) बमोजिम सजायका लागि बिहिवारनै जिल्ला अदालत सिन्धुलीबाट म्यादथपगरि थुनामा राखी अनुसन्धान भइ रहेको र काठमाडौँमा पक्राउ परेका दुई जनालाई सिन्धुली ल्याउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया