शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा सिन्धुलीका बल पक्राउ

आइतवार , आषाढ ८, २०८२

काठमाडौं, ८ असार – क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा सिन्धुलीका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–३ घर घइ काठमाडौं नागार्जुन बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

प्रतिक्रिया