सिन्धुली,६ असार – बिपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अबैद्य लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा शुक्रवार चेकजाँच गर्ने क्रममा लागुऔषध र्दुइजनलाई सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला धनुषा शहिद नगरपलिकाा. ८ बस्ने २२ बर्षाीय रजनिश यादब र जिल्ला मोरङ मिक्लाजुङ गााउँपालिका. १ बस्ने बर्ष ३१ बर्षीय बद्री पुरी रहेका छन् ।
जनकपुरबाट काठमाडौँतर्फ जादै गरेको रजनिश यादबले चलाएको प्रदेश २–०२–००३ प ७६३४ नं. को मोटरसाइकल. रोकी चेकजाँच गर्दा यादवलेले पछाडी बोकेको कालो रंगको झोला भित्र कालो प्लास्टिक भित्र लुकाई छिपाई ल्याएको लागु औषध नाइट्राजिपाम २८ ट्याबलेट, स्पासमो ८ ट्याबलेट फेला पारी मोटरसार्यकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी काकरभिट्टाबाट काठमाडौँतर्फ जादै गरेको बा ५ ख ६०२३ नं. को हायसमा सवार बद्री पुरीले हातमा बोकेको लेज को प्लास्टिक भित्र कालो प्लास्टिकमा पोको पारी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ५.८७० ग्राम (प्लास्टिक बाहेक), फेला पारी पक्राउ गरेको पहरीको भनाई छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय भिमानमा ल्याई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।