शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

दुधौली नगरपालिकामा करोडौँको अनियमितता,सार्वजनिक बजेटको दुरुपयोग

शुक्रवार , आषाढ ६, २०८२

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा पछिल्लो समय भ्रष्टाचार र अनियमितताको गम्भीर आरोपहरू लाग्न थालेका छन् । विकास निर्माण, कर्मचारी व्यवस्थापन, र सार्वजनिक बजेटको दुरुपयोग भएको महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/८१को प्रतिवेदनमा उल्लेख छ । दुधौली नगरपालिकाले दरबन्दी भन्दा बाहिरका करार समेत खडा गरेर तलब भत्ता ख्वाईरहेको प्रतिबेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/८१को प्रतिवेदन अनुसार दुधौली नगरपालिकाले दरबन्दी बाहिरको ७ जनालाई अनियमित तरिकाले तलब ख्वाउँदा उक्त आर्थिक वर्षमा १५ लाख ८३ हजार ३ सय ३२ अनियमितता भएको छ । कार्यकर्ता भर्तिका गर्ने परम्परा पनि अचम्मका छन् । दुधौलीमा ‘सर्प प्राविधिक’ पदमा पनि मासिक ४० हजार खाने कर्मचारी रहेछन् ।

सर्पदंश उपचार केन्द्र , सर्पदशंको जोखिम क्षेत्र भएकाले सर्पदशंको उपचारबाट नगरलाई जोगाउन योजनाहरु बनाएर अघि बढ्नु त ठिकै हो तर एकातिर यस नगरपालिकाले सर्पको टोकाईबाट मानिसकहरुको ज्यान जाने खतरा देखाउँदै सर्प प्राविधिक पद सिर्जना गरी तलब ख्वाउने काम अचम्मको देखिन्छ । मासिक चालिस हजार तलब दिएर उसले के काम गर्छ भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।

हिउँदमा सर्पदंश कम हुन्छ त्यस्तो समयमा प्राविधिकले के काम गर्ला , यो प्राविधिकको काम सर्प समात्ने हो की ,उपचार गर्ने हो की ? के हो भन्ने पनि प्रश्न चिन्ह खडा भएको देखिएका कारण महालेखाले यसलाई अनियमिता भनेको छ । त्यसैगरी ६ जनालाई त मनोसामाजिक परामर्शकर्ता भनेर मासिक २५ हजार तलबमा कर्मचारी भर्ना गरेको प्रतिबेदनमा उल्लेख छ । आफ्ना मान्छे ठाउँमा भएपछि तलब र जागिर खान साह्रै सजिलो रहेको भनाईलाई यसले पुष्टि गर्दछ की यहाँ दरबन्दी नै आपैmले कायम गरेर सर्प प्राविधिक समेत राखिएको छ । त्यसैगरी दरबन्दी भित्रै पनि विना प्रस्ताव ४९ कर्मचारीले जागिर खाएको पनि प्रतिवेदनले देखाएको छ ।

त्यसैगरी दुधौली नगरपालिकाले ईन्धनमा पनि मनपरी चाहिंदो खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । लगवुकसमेत नभरी ६८ लाख १७हजार ३ सय ८५ को ईन्धन खर्च गरेको प्रबिेदनमा उल्लेख छ । त्यस्तै मधुगंगा महादेवस्थल पर्यटन पूर्वाधार कार्यक्रममा निर्माण व्यवसायीसँग सम्झौता भईसकेपछी सोही बजेटबाट धर्मशाला रहेको सामान व्यवस्थापका लागि पुनः ठेक्का आव्हान गरी सालाभेना कन्ट्रक्सनलाई ८ लाख २६ हजार ४ सय भुक्तानी दिईएको छ । उक्त कार्य टुक्रा गरी दिईएकाले अनियमित भएको हो । उक्त कार्य १ करोड ३० लाखको थियो ।

समग्रमा उक्त आर्थिक वर्ष सम्ममा दुधौली नगरपालिकाको बेरुजु ६ करोड ८ लाख ६६ हजार रहेको प्रतिबेदनमा उल्लेख छ । प्रतिबेदनमा “यो नगरपालकाको लेखापरणबाट श्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, लक्षअनुसार असुली नभएको, कर्मचारीको दरबन्दी अनसुार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा असर परेको, अनुदानको पर्याप्त अनगुमन नभएको, आन्तरिक नियन्त्रण प्रणााली कमजोर रहेको लगायतका वेहोरा यस लेखापरण तवेदनमा औयाइएको,” उल्लेख छ ।” नगरपालिकाले सुशासनको क्षेत्रमा उल्लेख सुधार गर्नु आवश्यक देखिएको प्रतिबेदनमा उल्लेख छ ।

स्थानीयहरूको मागः निष्पक्ष छानबिन र पारदर्शिता

यस्ता आरोपहरूबीच स्थानीय जनतामा आक्रोश बढ्दो छ । नगरपालिकाको सार्वजनिक स्रोत र सेवामा पारदर्शिता अभाव देखिएको भन्दै स्थानीयहरूले तत्काल छानबिनको माग गरेका छन् ।

“

जनताले निर्वाचित गरेर पठाएको प्रतिनिधिले जनताको सेवा गर्नुपर्ने हो । तर यहाँ त आफ्नै स्वार्थ पूर्तिमा नगरपालिकाको सम्पूर्ण स्रोतको दुरुपयोग भइरहेको छ । यसको छानबिन हुनैपर्छ,” स्थानीय बासिन्दा विष्णु घिसिङले भन्नुभयो ।

यस विषयमा मेयर पक्ष भने मौन देखिएको छ । पदको दुरुपयोग, पारदर्शिताको अभाव र व्यापारिक स्वार्थले नगरपालिकाको विकासमा गम्भीर असर पु¥याउने भएकाले सम्बन्धित निकायले छिटोभन्दा छिटो निष्पक्ष छानबिन गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया