सिन्धुली,०५ असार – सिन्धुलीमा पोखरीमा डुबेर बुधवार एक बालिकाको मृत्यु भएको छ । दुधौली नगरपालिका– ११ मरघट्टी बस्ने हस्त बहादुर सुनुवारको छोरी ८ बर्षीया ममता सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएक छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीका अनुसार घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने मरघट्टी सानोचौरी दुई धारा संस्थाद्वारा सिचाईंको लागि खनेको जोडीगैरी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
“उनी पोखरीको पानीमा डुबेको अवस्थामा खानेपानी लिन जाँदै गरेको स्थानीय संगम सुनुवारले देखेपछि पोखरीबाट ममता निकाली ममताको ठूलो बुबा खेलमान सुनुवारलाई बोलाई उपचारको लागि उदयपुरको कटारी नगर अस्पताल पु¥याइएको भएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो,” उहाँले भन्नुभयो ।
शवलाई पोष्टमार्टमका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।