शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गोलन्जोरका कार्यकारी अधिकृतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

बुधवार , आषाढ ४, २०८२

सिन्धुली – सिन्धुली गोलन्जोर गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्धको मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्च पुगेको हो ।

गोलन्जोरका कार्यकारी तत्कालिन अधिकृत भोलाकुमार आलेसमेतका प्रतिवादीविरुद्धको मुद्दामा अख्तियार सर्वोच्च पुगेको हो । आलेले कमलामाई नगरपालिका–६ स्टलबजारस्थित ध्रुव इलोक्ट्रोनिक्ससँग सोलार खरिदमा एक लाख ५१ हजार घुस लिएको अभियोगमा यसअघि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

“प्रतिवादीहरुले घुस/रिसवत लिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.१,५१,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०७६।०३।२६ को फैसलामा चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८१।११।२० गतेको फैसला उपर मिति २०८२।०३।०४ गते पुनरावलोकन गरिएको ”अख्तियार अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले भन्नुभयो ।

प्रतिक्रिया