काठमाडौँ,०३ असार– गृह मन्त्रालयले विभिन्न सिन्धुली लगायत २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा, पदस्थापन र काज खटाइएको हो ।
मन्त्रालयका अनुसार सिन्धुलीको प्रजिअमा दिनेश सागर भुसाललाई खटाईएको छ । सिन्धुलीका प्रजिअ लिला प्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ ।
गोरखाको प्रजिअमा सहसचिव रामुराज कडरियालाई पठाइएको छ । भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई खटाइएको छ ।