शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमाबाढीले पुल बगाउँदा स्थानीयलाई समस्या

सोमवार , आषाढ २, २०८२

सिन्धुली,२ असार – सिन्धुलीको दुधौली नगरपालिका–१३ स्थित खानिबेसीमा बाढीले पुल बगाएको छ । असार १ गते आएको बाढीले खानिबेसीमा रहेको खानिखोला पुल बगाएको हो ।

वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता दीपक खड्काका अनुसार अघिल्लो वर्ष मात्र निर्माण गरिएको काठको पुल बाढीले बगाएको हो ।

पुल बगाउँदा स्थानीयलाई खानिखोला आवतजावतमा समस्या परेको छ । सबैभन्दा बढी मावि अरुणडाँडा जाने विद्यार्थीहरू र हेल्थपोष्ट अरुणडाँडा जाने सर्वसाधारण प्रभावित भएका छन् ।

 

प्रतिक्रिया