शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ असार २० गते बिहीबारको राशिफल र मौसम

बिहिवार , आषाढ २१, २०८१

बि.सं.२०८१ असार २० गते बिहीबार ई.सं.२०२४ जुलाई ०४ नेपाल सम्बत ११४४ तछलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: १२ बजे, सूर्यास्त साँझ ०७: ०३ बजे हुनेछ ।

आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १३ मिनेट देखि ०६ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। विवादास्पद कामकाे जिम्मेवारीले नाेक्सान पुर्याउन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। पेसा–व्यवसायमा सामान्य प्रगति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। व्यापारमा फाइदा हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ। अरूको भरपर्दा आफ्नाे फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नयाँ अवसर दिलाउनेछ र मनग्य लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिन्छ। बीचमा काम अड्किनाले रकम सहजै हातलागी नहुन सक्छ। आफ्ना कमजाेरीबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहाेला। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सापटी वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट लाभ हुनेछ। तर उठ्नुपर्ने रकम अरूले हत्याउन सक्छन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। पेसा–व्यवसायमा कामको चाप बढ्नेछ। फाइदा कम हुनाले जाेश–जाँगरमा कमी आउनेछ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। तापनि साँझतिर गुनासाे सुन्ने र सहयाेग जुटाउनेहरू फेला पर्नेछन्। प्रयास गर्दा काम बन्नेछ र पछिका लागि जग बसाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। व्यावसायिक सफलताले हौसला जगाउनेछ। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। प्रतिस्पर्धीहरूलाई पन्छाउँदै उपलब्धि हातपार्न पनि सफल भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर काम बिग्रने भयले सताउनेछ। अस्वस्थताका बाबजुद श्रम गर्नुपर्ला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नयाँअवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा फाइदा हुनेछ। साथीभाइकाे सहयाेग जुट्नाले राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट मनग्य लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले आफू पछि परिनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशैभर केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया