शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ जेठ ३२ गते शुक्रबारको राशिफल र मौसम

शुक्रवार , आषाढ १, २०८१

बि.सं.२०८१ जेठ ३२ गते शुक्रबार ई.सं.२०२४ जून १४ नेपाल सम्बत ११४४ तछलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०७ बजे, सूर्यास्त साँझ ०७: ०० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखिे ०८ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व रक्तदाता दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला। प्रतिस्पर्धीहरूबाट पनि जाेगिएर काम लिनुपर्ने समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसाेदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– सम्भावना देखिए पनि समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। आफ्नो भाेगाधिकारमाथि अरूले राज गर्नेछन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइ र आफन्तकाे सहयाेग जुटाउन मुस्किल पर्नेछ। दिउँसाेदेखि आंशिक लाभ उठाउन सकिनेछ। समस्या दर्साउँदा नसाेचेका व्यक्तिले काममा साथ दिनेछन्। गाेपनीयतामा भने अलि सावधान रहनुहाेला।

कर्कट (हि, हु, हे, हो, डा , डि, डु, डे, डो) :– नयाँ काम थालनी गर्न बिहानीकाे समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– नयाँ काम थालनी गर्न सकिनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। आयस्रोत बढ्नेछ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यापारमा पनि मनग्य फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। अध्ययन र लेखनमा निखारता आउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर लगानीमा धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आवश्यक भौतिक साधन भने सजिलै जुट्नेछन्। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। प्रयत्न गर्दा काम भने बन्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ। तर, केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ। ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट टाढा रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा यात्रा गर्ने साइत जुर्न सक्छ। किनमेलमा खर्च बढ्नेछ। बाेलीकाे लय खस्राे बन्ने हुँदा साथीभाइ टाढिन सक्छन्, सजग रहनुहाेला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसोː कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा मधेश प्रदेश सहित देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज रातीː कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया