काठमाडौँ ,०८ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ८ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०४ पैसा र विक्रीदर १३३ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र विक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र विक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ३५ पैसा र विक्रीदर १४७ रुपैयाँ ०१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९५ पैसा र विक्रीदर ८९ रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र विक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८२ पैसा र विक्रीदर ९९ रुपैयाँ २७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५४ पैसा र विक्रीदर ८ रुपैयाँ ५८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४० पैसा र विक्रीदर २८ रुपैयाँ ५३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र विक्रीदर १२ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ५२ पैसा र विक्रीदर ४३५ रुपैयाँ ४८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९० पैसा र विक्रीदर ३५४ रुपैयाँ ४९ पैसा रहेको छ ।
