काठमाडौँ ,०७ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०४ पैसा र विक्रीदर १३३ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६४ पैसा र विक्रीदर १४५ रुपैयाँ २९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ९७ पैसा र विक्रीदर १६९ रुपैयाँ ७४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ३४ पैसा र विक्रीदर १४७ रुपैयाँ ०० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०४ पैसा र विक्रीदर ८९ रुपैयाँ ४५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७४ पैसा र विक्रीदर ९८ रुपैयाँ १९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८७ पैसा र विक्रीदर ९९ रुपैयाँ ३१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र विक्रीदर ८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३८ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र विक्रीदर १२ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३८ पैसा र विक्रीदर १९ रुपैयाँ ४७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ १७ पैसा र विक्रीदर ४३५ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९० पैसा र विक्रीदर ३५४ रुपैयाँ ४९ पैसा रहेको छ ।
