शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , जेठ ३, २०८१

काठमाडौँ ,०३ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ३ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३१ पैसा र विक्रीदर १३३ रुपैयाँ ९१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ३१ पैसा र विक्रीदर १४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ०९ पैसा र विक्रीदर १६८ रुपैयाँ ८५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया २२ पैसा र विक्रीदर १४७ रुपैयाँ ८९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५२ पैसा र विक्रीदर ८८ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र विक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८२ पैसा र विक्रीदर ९८ रुपैयाँ २६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र विक्रीदर ८ रुपैयाँ ६० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र विक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ८७ पैसा र विक्रीदर ४३५ रुपैयाँ ८३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६० पैसा र विक्रीदर ३५५ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया