शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , जेठ १, २०८१

काठमाडौँ ,०२ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ २ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३२ पैसा र विक्रीदर १३३ रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र विक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ३८ पैसा र विक्रीदर १६८ रुपैयाँ १४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ८८ पैसा र विक्रीदर १४७ रुपैयाँ ५५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १४ पैसा र विक्रीदर ८८ रुपैयाँ ५३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र विक्रीदर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५४ पैसा र विक्रीदर ९८ रुपैयाँ ९८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५२ पैसा र विक्रीदर ८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७५ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २८ पैसा र विक्रीदर १२ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २९ पैसा र विक्रीदर १९ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ५५ पैसा र विक्रीदर ४३५ रुपैयाँ ५० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५५ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया